जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक मंगलबार(आज)बस्दैछ । यसअघि सोमबारका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि तय गरिएको हो।
गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।