काठमाडौँ । अष्ट्रेलियन नर्थेन टेरोटेरी अन्तर्राष्ट्रिय शिक्षा र प्रशिक्षण प्रदर्शनी कार्यक्रम सुरु भएको छ । शिक्षा मन्त्रालयबाट अनुमति नलिएको भन्दै केही बेर रोकिएको सो कार्यक्रम सुरु भएको हो ।
अष्ट्रेलिया सरकारको नर्थेन टेरोटेरी स्टडी एनटीले आयोजना काठमाडौँको ठमेलको अमृत मार्गमा सुरु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले शिक्षा मन्त्रालयको निर्देशनपछि उक्त कार्यक्रम रोकिएको बताएका थिए ।
यस्ता कार्यक्रमको लागि शिक्षा मन्त्रालयबाट कुनै पनि स्वीकृति लिनु नपर्ने र काठमाडौँ प्रहरी प्रमुखले सिडिओ कार्यालयको आफ्नो मौखिक आदेशले रोकिएको जनाएकापछि सिडिओ कार्यालय सङ्घको समन्वयपछि कार्यक्रम सुरु भएको हो ।
प्रतिनिधिको आज कै टिकेट भएकाले कार्यक्रम लामो नगर्ने र जतिले रजिस्ट्रेसन गरेका छन् उनीहरू सबैलाई डिटेल दिने जनाएको छ ।
यो पनि पढनुस् :-
अष्ट्रेलियन नर्थेन टेरोटेरी कार्यक्रम प्रहरीले रोक्यो