काठमाडौं। प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।
पदोन्नति भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।
सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति भएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।