दार्चुला। महाकाली नदीमा बगेर एक वृद्धको मृत्यु भएको छ।
महाकाली नगरपालिका–२ पण्डोराका अन्दाजी ७० वर्षीय वीर सिंह बडालको बुधबार दिउँसो महाकाली नदीमा बगेर मृत्यु भएको हो।
महाकाली नगरपालिका–४ रिङनतालबाट नदीमा बगेका बडाललाई अचेत अवस्थामा करिव ४०० मिटर तल सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेका थिए।
तर, उद्दार गरि जिल्ला अस्पताल लगिएको बडालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।