सर्लाही। नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा कविलासी नगरपालिका–९, सलेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश रायको मृत्यु भएको हो।
मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।