काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी विट भत्काएको छ।
महानगरको नगर प्रहरीले मंगलबार दिउँसो मैतीदेवी चोकमा रहेको प्रहरी विट डोजर लगाएर भत्काएको हो।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण भएको भन्दै आलोचना भएपछि भत्काइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो। प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ। तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन।
तर, महानगर प्रहरी प्रमुख पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरिने बताए।