फिदिम। भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ।
भीरबाट लडेर फिदिम १३ का ३८ वर्षीय मनोज नेम्वाङ र रुखबाट झरेर फिदिम ५ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको ज्यान गएको हो।
उनीहरुमध्ये फिदिम १३ लुङरुपा निवासी नेम्वाङको फिदिम ७ नाङलापा भित्री सडकमा पर्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो।
यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम ५ मै रुखबाट लडेर ज्यान गएको हो। रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेका उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो।