जुम्ला । जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागी हुँदा १६ वर्षीय वन्दना भण्डारीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो। राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए । आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।