काठमाडौँ । नेपालको हवाई यातायातलाई व्यवस्थित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार आवश्यक कानुन परिमार्जन गर्दै देशको हवाई यातायातलाई प्रभावकारी र व्यवस्थित बनाउन माग गरेका हुन्।
त्रिपाठीले दायर गरेको रिटमा विशेषज्ञहरुको समिति बनाएर उड्ययन क्षेत्रसँग सम्बन्धित कानुन, नियम र सुरक्षा मापदण्डको समग्र अध्ययन गरी परिमार्जनका लागि आदेशको माग गरेका छन्।
त्यस्तै आएकाओले सिफारिस गरेका मापदण्डहरुको आधारमा अनुगमन गर्न तत्काल विशेषज्ञहरुको स्थायी संयन्त्र गठनको माग गरेका छन्। रिटमा हवाइ क्षेत्रमा हेलचेत्र्याइका कारण हुने घटनालाई फौजदारी कसुरका रुपमा परिभाषित गर्न पनि रिट माग गरिएको छ।