काठमाडौं। नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ।
निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ।’
निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ।
निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ।