काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्।
उनले शुक्रबारे बिहानदेखि टियू क्रिकेट मैदान पुगेर राष्ट्रिय टोलीसँग प्रशिक्षण सुरु गरेका हुन्।
बलात्कार आरोपपछि उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेशपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेको थियो।
क्यानले सन्दीपलाई आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ।
उनीविरुद्ध बलात्कार मुद्दा विचाराधिन छ। लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।
सम्बन्धित समाचारः
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा सकियो सुनुवाइ, के दियो आदेश ?