रौतहट। आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।
आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।
उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।