झापा। शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो।