जुम्ला। एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले बिहीबार आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि आत्मदाहको प्रयास गरेका उनलाई उद्दार गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने तथा फेरि गृहमन्त्री बनाउनुपर्ने भन्दै ४० वर्षीय उनले आत्मदाह प्रयास गरेका हुन्।
उनलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ।
बुधबार बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
यसअघि काठमाडौंमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको मृत्यु भएको थियो।
त्यस्तै, पोखरामा आत्मदाह प्रयास गरेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको थियो।