सिरहा। बुबाको कुटपिट गरेर हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनी रहेका छन्। उनलाई आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार राति पक्राउ गरेको जानकारी दिएको छ।
राकेशले आपसी झै–झगडामा कुटपिट गर्दा बुबा रामबाबु गम्भीर घाइते भएका थिए। कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।