काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।