काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बिहीबार बस्दैछ । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न बैठक बोलाइएको हो ।
बैठक आज विहान ९ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको प्रमुख सचेतक लेखकले बताए ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । आजको बैठकले उपाध्यक्ष उम्मेदवार तय गर्ने लेखकको भनाइ छ ।