दाङ । लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ।
प्रदेशसभाका सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक माघ २० गते बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३)बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।