काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जति धेरै जनतामा सूचनाको हक प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
यस अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाको हकबारे केही महत्त्वपूर्ण योगदान गरेको स्मरण पनि गरे ।
यस्तै उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने भन्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।