चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन्।
उनले बुधबार पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका हुन्।
उनले पार्टीमा व्यक्तिवाद चरम रुपमा हावी भएको, व्यक्तिवादी हैकम र अराजकतामा चलेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन्।
उनले पार्टी सभापति रवि लामिछानेलाई गत निर्वाचनमा चितवन–२ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।