बागलुङ। एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नेमा बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसी रहेका छन्।
प्रहरीका अनुसार उनले बुधबार दिउँसो घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। तर, उनको छिमेकीले उद्दार गरेका थिए।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए।
उनलाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गरिएको छ।
यसअघि काठमाडौंमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको मृत्यु भएको थियो।
त्यस्तै, पोखरामा आत्मदाह प्रयास गरेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको थियो।