काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
नेपाली नागरिकको तर्फबाट युवराज पौडेल(सफल)ले (रास्वपा आयोगसमक्ष उजुरी दिएका हुन्।
रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अनागरिक भएको ठहर गरेको भन्दै उनले दल दर्ता गर्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेकोले उक्त दल खारेज गर्न उजुरीमा उल्लेख छ।