काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेट गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले ओली र लिङ्देनसँग छुट्टाछुट्टै भेट गरेका हुन्।
सो भेटमा राष्ट्रपति निर्वाचनका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
पछिल्लो समय गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिइरहेका बेला प्रचण्डले ओली र लिङ्देनसँग छुट्टाछुट्टै भेट छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्न चाहन्छन् भने ओली लामिछानेलाई फेरि गृहमा फर्काउन सकरात्मक छन्।
सम्बन्धित समाचारः
अदालतबाट पूर्णपाठ नआउँदासम्म कसैलाई गृहमन्त्री बनाउँदैन, गठबन्धन नटुटोस्: प्रचण्ड