कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलवार कार्यालयका प्रमुख शंकर चन्दलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा आश्रित बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचनाका आधारमा चन्दलाई पक्राउ गरिएको हो।
अनाथालयमा चन्द लामो समयदेखि कार्याल प्रमुख र वार्डेनका रूपमा कार्यरत छन्। अनाथालयमा २१ बालक र पाँच बालिका बस्दै आएका छन्।