धनगढी । नेपालकै पहिलो पूर्ण मार्ट एसबी कृषि मार्ट धनगढीमा सञ्चालनमा आएको छ । मङ्गलवार एक कार्यक्रमकाबीच प्रदेश प्रमुख देवराज जोशीले सो मार्टको उद्घाटन गरे ।
धनगढी ४ एनडी. मार्गमा सात करोडको लगानीमा विष्णुराज बुर्लाकोटीले सो मार्ट सञ्चालनमा ल्याएका हुन् । कृषि क्षेत्रको विकास र समृद्धिको नीति लागु गर्ने परिकल्पना अनुसार मार्ट सञ्चालनमा ल्याइएको हो ।
किसानलाई व्यवसायीकरण गरी उत्पादनमा समावेश गराउने, उपभोक्तालाई स्वास्थ्यकर र गुणस्तरीय खाध्य सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ कृषि मार्ट सञ्चालन गरिएको बुर्लाकोटीले बताए ।
‘किसानलाई आवश्यक बीउ, मलखाद तथा कृषि सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन, अग्र्यानिक खेतीमा किसानलाई आकर्षित गराउन कृषि मार्ट सञ्चालनमा ल्याइएको हो’, उनले भने । मार्टमा कृषि सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा पाइनुका साथै लोप हुँदै गएका स्थानीय खानाका परिकार उपलब्ध हुने उनले बताए ।
कृषि मार्टले किसानलाई कृषि सम्बन्धी प्रशिक्षण दिने, माटोको निःशुल्क परीक्षण गरी माटो अनुसारको बाली प्रबद्र्धनमा टेवा पु¥याउने, कृषि र भेटेरीनरी सम्बन्धी किसानलाई निःशुल्क परामर्श सेवा दिने उद्देश्य समेत रहेको उनले बताए ।