काभ्रेपलाञ्चोक। बुवा र सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन वर्षीय बालक विमल बुढा रहेका छन्।
दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका बुबा तिलकराम बुढा र सौतेनी आमा उर्मिला बुढाको कुटाइबाट उनको मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।