पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ ।
महानगरको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य शहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।
महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि पार्किङ नगर्न आग्रह गरेको छ ।
सूचनामा तोकिएका सडकखण्डमा अत्याधिक सवारी चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर गरेको उल्लेख छ ।
