काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो।
‘‘गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाईले सम्हाल्ने गरी तोक्नु भएको छ।’’ विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछाने शुक्रबारै पदबाट राजीनामा दिएका थिए।