रुपन्देही । पत्रकार ऋषि धमलाकी पत्नी तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्।
गौतमलाई के पद दिने भन्ने टुंगो लागेको छैन। नागरिक उन्मुक्ति टिकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीको पार्टी हो।
हाल चौधरीकी श्रीमती श्रेष्ठ उक्त पार्टीको अध्यक्ष छन्