काठमाडौं। राप्रपाका नेता रवीन्द्र मिश्रले रवि लामिछाने अनागरिक/राज्यविहिन नभएको बताएका छन्।
धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको भन्दै उनले लामिछाने अनागरिक/राज्यविहिन नभएको बताएका छन्।
लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक रहेको मिश्रको भनाइ छ।
नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्" लेखिएको मिश्रले स्पष्ट पारेका छन् ।