काठमाडौं। रवि लामिछानेको पक्षमा युवाहरूले माइतीघरमा नाराबाजी गरेका छन्।
शनिबार युवाहरूले लामिछानेको पक्षमा माइतीघरमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।
लामिछानेको शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेज गरेको थियो। त्यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पनि हटेका छन्।
अदालतको आदेशको विरोधमा माइतीघरमा नाराबाजी गर्दै गरिएको हो। प्रदर्शनमा सहभागीहरुले लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन्।