काठमाडौं। नेकपा (माओेवादी केन्द्र)ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ।
माओेवादी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने जानकारी दिए।
उनले भने, ‘राष्ट्रपतिका लागि राट्रिय सहमतिको पहल गर्ने हो। यो पहल हामीले मात्रै गरेर भएन। एमालेसहितको सहमति हो। एमालेलाई धोका दिएको भन्न मिल्दैन।’