जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन।
मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिए। यसअघि उनले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए।
उनले भने, ‘आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो। प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो। अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ।’
बिहीबार विभागीय जिम्मेवारी पाभएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हालेका छन्। नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।