काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक सुरु भएको हो।
माओवादीको स्थायी समिति बैठक बिहीबार पनि बसेको थियो। उक्त बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदन पेश गरेका थिए। आजको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुनेछ।
साथै, आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।