काठमाडौँ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।
चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११:२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ।