काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह) योगेन्द्र ढुङ्गेललाई बिहीबार साँझ पक्राउ परेको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
खानेपानीको जार तथा मिनरल वाटर कम्पनीका सञ्चालकको काम गर्नका लागि उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोली विभाग पुगेको थियो । अख्तियारको टोलीले ढुङ्गेललाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएको जनाएको छ ।