वीरगन्ज । बाराको कलैयामा साढे पाँच करोड रुपैयाँको लागतमा सुविधासम्पन्न नगरसभा गृह निर्माण गर्न थालिएको छ।
कलैया उपमहानगरपालिकाले वडा नम्बर १ पन्नाबागमा रामजानकी मन्दिरले उपलब्ध गराएको १३ कठ्ठा जग्गामा नगरसभा निर्माण गर्न थालेको हो।
राष्ट्रिय योजना आयोगको समपुरक बजेटबाट ५ करोड ६० लाख ९५ हजार ३८८ लाख रुपैयाँको लागतमा निर्माण गर्न थालिएको नगरसभा गृहको बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेका छन्।
नगरसभा गृह निर्माण कार्यको ठेक्का रौतहटको साहु कन्ट्रक्शनले सकारेको छ। माघ १० मा गरिएको ठेक्का सम्झौतामा निर्माण कार्य आगामी जेठ मसान्तसम्म सक्नुपर्ने उल्लेख छ।