काठमाडौँ । विभिन्न जिल्लामा पाँच जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार कैलाली, दार्चुला, मोरङ, गोरखा र गुल्मीमा गरी पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको बर्दगोरीया गाउँपालिका-२ स्थित नालामा सोही ठाउँ बस्ने ४२ वर्षीय सुकै चौधरी बिहीबार मृत अवस्थामा फेला पारेका छन् ।
यसैगरी दार्चुलाको ब्यास गाउँपालिका-४ डोबस्थित दार्चुला तिङ्कर सडक-खण्डको नालीमा सोही ठाउँ बस्ने ४० वर्षीय रामदत्त भट्ट बिहीबार मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर महानगरपालिका-९ स्थित रघुनाथ पेट्रोलपम्प भित्र रहेको ग्यारेजमा मिस्त्री काम गर्ने भारत अररिया जिल्ला बथनाहा-३ बस्ने ५५ वर्षीय सुरेश मण्डल पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखाको सिरानचोक गाउँपालिका-७ सिम्ले घर भई हाल भिमसेन थापा गाउँपालिका-१ मसेलस्थित ट्रष्टको काम गर्ने २७ वर्षीय टेक बहादुर बराम मसेल खाईथोकस्थित परालको टौवा छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गुल्मी, गुल्मी रेसुङगा नगरपालिका-२ छापटोला डेरा गरी बस्ने काठमाडौं टोखा नगरपालिका-२ सुर्य दर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।