काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक सुरु भएको हो।
.jpg)
उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने बताइएको छ।
साथै, बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन्। माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ।