काठमाडौं। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए।कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेका लागि बोलाइएको थियो।
यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो। तर, अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएको छ।
कांग्रेसले बैठकका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको थियो।