काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ।
बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
साथै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।