हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री जम्कट्टेलले बुधबार ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् ।
नवनियुक्त मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
को–को बने मन्त्री ?
माओवादी
युवराज दुलाल– भौतिक योजना मन्त्रालय
कुमारी मोक्तान– सामाजिक विकास मन्त्रालय
माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री बनिसकेका छन्।
एमाले
एकालाल श्रेष्ठ– श्रम रोजगार तथा यातायात मन्त्रालय
रामेश्वर श्रेष्ठ– स्वास्थ्य मन्त्रालय
केशवप्रसाद पोखरेल– कृषि तथा पशुपन्छी विकास मन्त्रालय
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन्।
राप्रपा
उद्धव थापा– खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय
डम्बरबहादुर तामाङ– उद्योग, पर्यटन र सहकारी मन्त्रालय
राजु बिष्ट– वन तथा वातावरण मन्त्रालय
नेपाल समाजवादी पार्टी
गंगानारायण श्रेष्ठ– आन्तरिक मामिला मन्त्रालय