काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
उनले मन्त्रिपरिषद् विस्तार आजै नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन्।
बागमती प्रदेशमा नयाँ मन्त्रीहरुको नाम पनि टुंगो लागिसकेको छ। त्यहाँ एमाले र माओवादीले ४÷४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको थियो।
माओवादी
बागमती प्रदेशमा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला मन्त्री, युवराज दुलाल भौतिक योजना मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्दैछन्।
माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री बनिसकेका छन्।
एमाले
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन्।
अब नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दैछन्।
राप्रपा
यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई, डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी तथा राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्दैछन्।