काठमाडौं। बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ।
स्रोतका अनुसार बागमती प्रदेशमा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला मन्त्री, युवराज दुलाल भौतिक योजना मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्दैछन्।
मुख्यमन्त्री शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। त्यसपछि आजै नयाँ मन्त्रीहरुको शपथ हुने बताइएको छ।