काठमाडौं । काठमाडौं प्रहरीले बोतल र जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न रोक लगाएको छ ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले त्यसो नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएको हो ।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ ।
