पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेबाट वेदबहादुर गुरुङ र रोशनबहादुर गाहा, माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने भएका छन् । वेदबहादुर कास्की १ को ख र रोशन नवलपुर १ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसै गरी माओवादीबाट म्याग्दीका रेशमा जुग्जाली मन्त्री बन्ने छन् ।
मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौँमा अध्यक्ष केपी ओलीलाई भेटे पछि मन्त्री हुने दुई जनाको नाम टुङ्गो लगाएका हुन् । पहिलो १२ मन्त्रालय रहेको गण्डकीमा घटाएर ७ मन्त्रालय बनाएको छ । गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री पाएका छन् ।
माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान विना विभागीय मन्त्री बनिसकेका छन् । राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिना विभागीय मन्त्री छन् । मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी र एमालेबाट विना विभागीय मन्त्रीमा सिता सुन्दास रहेका छन् ।
एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुङ्गो लगाइने तयारी रहेको छ ।
