बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।
यस्तै विभिन्न ठाउँमा गरी २५ घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घाँस काटिरहेकाबेला माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घटना भएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए।