काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटका लागि ओली बालुवाटार पुगेका थिए।
भेटमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचन, प्रदेश सरकार विस्तार, समसामयिक राजनीतिकाबारेमा कुराकाकी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ मा सकिँदैछ। राष्ट्रपतिको निर्वाचनबारे सोमबार प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग सल्लाह गरेका थिए।