काठमाडौँ । जसपाले त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा परिपत्र जारी गरेको छ ।
समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न गराउन मातहतका समितिहरुलाई जसपाले परिपत्र जारी गरेको हो।
सोमबार जारी परिपत्रमा निर्वाचनको लागि जसपासँग आवद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी यनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न भनिएको छ ।
यस्तै चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी व्यापक रुपमा अभियान नै सञ्चालन गर्न पनि भनिएको छ ।