काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव समेत रेहेका गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
२०७० मा सिन्धुली-३ बाट संविधानसभा सदस्यमा निर्वाचित गजुरेल २०७४ मा सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् ।
यसअघि प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमा सात जनालाई नियुक्त गरेका थिए । उनको सचिवालयमा छोरी गंगा दाहालसहित सात जनाले नियुक्ति पाएका थिए ।